नेपाल हेल्थ न्युज, काठमाडौं । केपी शर्मा ओली को पित्तथैलीमा देखिएको ढुंगा सफल शल्यक्रियामार्फत निकालिएको छ।
चिकित्सक डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्यक्रिया सम्पन्न गरेको हो। उपचारमा संलग्न चिकित्सकका अनुसार शल्यक्रिया सकिएपछि ओलीलाई निगरानीका लागि आईसीयूमा राखिएको छ। निकालिएको ढुंगाको आकार करिब २२ मिलिमिटर रहेको जनाइएको छ।
यसअघि नयाँ सरकार गठनपछि उत्पन्न राजनीतिक घटनाक्रमका क्रममा ओली पक्राउ परेका थिए। पक्राउपछि स्वास्थ्य समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको थियो।
ओलीकी पत्नी राधिका शाक्य ले गैरकानुनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। त्यसपछि सर्वोच्च अदालत ले तोकिएको समयसीमाभित्र अनुसन्धान टुंग्याउन निर्देशन दिएको थियो।
निर्धारित समयभित्र अनुसन्धान नसकिएपछि अदालतको आदेशअनुसार ओलीलाई पत्नीको जिम्मामा छाडिएको थियो। यद्यपि स्वास्थ्य अवस्थाका कारण उनी अस्पतालमै रहँदै उपचार गराइरहेका थिए।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
