नेपाल हेल्थ न्युज, काठमाडौं । केपी शर्मा ओली को पित्तथैलीमा देखिएको ढुंगा सफल शल्यक्रियामार्फत निकालिएको छ।
चिकित्सक डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्यक्रिया सम्पन्न गरेको हो। उपचारमा संलग्न चिकित्सकका अनुसार शल्यक्रिया सकिएपछि ओलीलाई निगरानीका लागि आईसीयूमा राखिएको छ। निकालिएको ढुंगाको आकार करिब २२ मिलिमिटर रहेको जनाइएको छ।
यसअघि नयाँ सरकार गठनपछि उत्पन्न राजनीतिक घटनाक्रमका क्रममा ओली पक्राउ परेका थिए। पक्राउपछि स्वास्थ्य समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको थियो।
ओलीकी पत्नी राधिका शाक्य ले गैरकानुनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। त्यसपछि सर्वोच्च अदालत ले तोकिएको समयसीमाभित्र अनुसन्धान टुंग्याउन निर्देशन दिएको थियो।
निर्धारित समयभित्र अनुसन्धान नसकिएपछि अदालतको आदेशअनुसार ओलीलाई पत्नीको जिम्मामा छाडिएको थियो। यद्यपि स्वास्थ्य अवस्थाका कारण उनी अस्पतालमै रहँदै उपचार गराइरहेका थिए।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
