नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेशागत संगठनले स्वास्थ्यकर्मीहरूलाई पनि हप्तामा दुई दिन बिदा लागू गर्न माग गरेका छन्। माग पूरा नभए संयुक्त आन्दोलनमा उत्रने संकेतसमेत उनीहरूले दिएका छन्।
सरकारले इन्धन आपूर्ति सम्बन्धी समस्यालाई ध्यानमा राख्दै २०८२ चैत २२ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सो निर्णयको स्वागत गर्दै संगठनहरूले उक्त व्यवस्था स्वास्थ्य क्षेत्रमा पनि समान रूपमा लागू हुनुपर्ने बताएका छन्।
नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा. अनिल विक्रम कार्कीको संयोजकत्वमा गठित समूहमा डेन्टल हाइजेनिस्ट माइकल देवकोटा सदस्य सचिव रहेका छन्। संयुक्त विज्ञप्तिमा सरकारी कर्मचारीसरह स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई पनि दुई दिन बिदा दिनुपर्ने स्पष्ट माग गरिएको छ।
विज्ञप्तिमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति अभाव र कमजोर संगठनात्मक संरचनाका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरू अत्यधिक कार्यबोझमा परेको उल्लेख छ। यसले मानसिक तनावसहित विभिन्न समस्या निम्त्याएको उनीहरूको भनाइ छ।
संगठनहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय विपरीत स्वास्थ्य क्षेत्रमा दुई दिन बिदा लागू नगर्ने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन्। यस्तो निर्णय कानुनी रूपमा कार्यान्वयनयोग्य नभएको उनीहरूको ठहर छ।
यसैबीच, मन्त्रालयले आइतबारसमेत ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरेपछि सरकारी अस्पतालहरूमा थप दबाब सिर्जना भएको छ। केही अस्पतालहरूले भने सेवा नियमित रूपमा सञ्चालन गर्न थालेका छन्।
गुणस्तर नपुगेपछि ओन्डाट्रोन–४ नामक औषधि बजारबाट फिर्ता लिन निर्देशन
मंगलबार, वैशाख ८, २०८३
नेतृत्व अभाव र बजेट संकटले थलिँदै स्वास्थ्य बीमा बोर्ड
मंगलबार, वैशाख ८, २०८३
डा. दिनेशनाथ गोंगलको निधन
मंगलबार, वैशाख ८, २०८३
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सोमबार, वैशाख ७, २०८३

