नेभिगेशन

अनाधिकृत आइ.भी.एफ चिकित्सा शिविर रोक्न काउन्सिलको आग्रह 

अनुमति बिना आइ.भी.एफ सम्बन्धी मेडिकल क्याम्प सञ्चालन प्रयास, रोक्न आग्रह

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अनुमति नलिई सञ्चालन गर्न लागिएको एक चिकित्सा कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ।

सामाजिक सञ्जाल तथा विभिन्न प्रचार सामग्रीमार्फत काठमाडौंको होटेल याक एण्ड यति मा आइ.भी.एफ सम्बन्धी परामर्श सेवा कार्यक्रम आयोजना हुने जानकारी सार्वजनिक भएपछि काउन्सिलले चासो देखाएको हो।

काउन्सिलका अनुसार नेपालभित्र कुनै पनि विदेशी वा स्वदेशी चिकित्सक वा संस्थाले स्वास्थ्यसम्बन्धी सेवा, परामर्श वा क्याम्प सञ्चालन गर्नुअघि अनिवार्य रूपमा दर्ता र पूर्व स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ। तर सम्बन्धित कार्यक्रमबारे उपलब्ध विवरण हेर्दा आवश्यक स्वीकृति लिइएको पुष्टि नभएको बताइएको छ।

यसरी अनुमति बिना स्वास्थ्य सेवा सञ्चालन गर्दा जनस्वास्थ्यमा जोखिम पर्न सक्ने भन्दै काउन्सिलले सम्बन्धित निकायलाई उक्त कार्यक्रम तत्काल रोक्न अनुरोध गरेको छ। साथै, घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनअनुसार कारबाही अघि बढाउन पनि आग्रह गरिएको छ।

काउन्सिलले भविष्यमा यस्ता कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित निकायबाट अनिवार्य स्वीकृति लिनुपर्ने विषयमा सबै सरोकारवालालाई सचेत गराउन समेत अनुरोध गरेको छ। उक्त कार्यक्रममा संलग्न भनिएका केही चिकित्सकहरूको नामसमेत सार्वजनिक गरिएको छ।

medical-council-1776254961.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट