नेपाल हेल्थ न्युज, काठमाडौं । सोसाइटी अफ प्यारेन्टेरल एन्ड एन्टेरल न्यूट्रिशन अफ नेपाल (स्पिन) र नेशनल सेन्टर फर र्युम्याटिक डिजिज (एनसिआरडी) को संयुक्त आयोजनामा राजधानीमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सिएमआई कार्यक्रम सम्पन्न भएको छ ।
होटल रामादामा मा शनिबार साँझ आयोजित उक्त कार्यक्रममा चिकित्सक, पोषणविद्, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य नेपालमा ‘न्यूट्रिशनल केयर’ को आवश्यकता, चुनौती र यसको प्रभावकारी कार्यान्वयनका विषयमा जानकारी आदानप्रदान गर्नु रहेको आयोजकले जनाएको छ । कार्यक्रममा वक्ताहरूले रोगको उपचार मात्र नभई उचित पोषण व्यवस्थापनले बिरामीको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
विशेषगरी दीर्घरोग, अपरेशनपछिको अवस्था तथा गम्भीर बिरामीहरूको उपचारमा ‘प्यारेन्टेरल’ र ‘एन्टेरल’ न्यूट्रिशनको महत्व झन् बढ्दो रहेकोमा जोड दिइएको थियो । सिएमई कार्यक्रम अन्तर्गत सहभागी स्वास्थ्यकर्मीहरूलाई नवीनतम चिकित्सा ज्ञान, प्रविधि तथा पोषणसम्बन्धी अभ्यासबारे अद्यावधिक गराइएको थियो । यस्ता कार्यक्रमले स्वास्थ्य सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
आयोजक संस्थाका प्रतिनिधिहरूले नेपालमा पोषणसम्बन्धी सेवा अझै पनि पर्याप्त रूपमा प्राथमिकतामा नपरेको उल्लेख गर्दै यस क्षेत्रमा थप नीतिगत स्पष्टता, जनचेतना र व्यावसायिक तालिम आवश्यक रहेको बताए । कार्यक्रमले पोषणलाई उपचारको अभिन्न अंगको रूपमा स्थापित गर्न तथा जनस्वास्थ्य सुधारमा यसको भूमिकालाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको छ ।
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
