नेपाल हेल्थ न्युज, काठमाडौं । वरिष्ठ वाथरोग विशेषज्ञ डा. विनित वैद्यको अध्यक्षतामा सोसाइटी अफ प्यारेन्टेरल एन्ड एन्टेरल न्यूट्रिशन अफ नेपाल (स्पिन) गठन भएको छ । शनिवार राजधानीमा आयोजित कार्यक्रममा सो संस्थाको घोषणा गरिएको हो ।
स्पिनको उपाध्यक्षमा डायटिसियन नानीशोभा शाक्य, सचिव डा. पावना कायस्थ, सहसचिव डा. सुवास पन्त, कोषाध्यक्ष डा. दिपेश शाक्य हुनुहुन्छ । यसैगरी सदस्यहरुमा डा. विजय केसी, डा.मनिषा भोछिभोया, डा.रोशन घिमिरे, डा. मिना कुमारी गुरुङ, डा. योगिता सापकोटा, डा. प्रियंका सैंजु हुनुहुन्छ ।
कार्यक्रममा बोल्दै संस्थाकी सचिव डा. पावना कायस्थले दीर्घरोग, अपरेशनपछिको अवस्था तथा गम्भीर बिरामीहरूको उपचारमा ‘प्यारेन्टेरल’ र ‘एन्टेरल’ न्यूट्रिशनको महत्व दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो। उहाँका अनुसार, यस्तो पोषण व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लैजान संस्थाले महत्वपूर्ण भूमिका खेल्नेछ ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
