नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई प्रत्येक १५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ। अर्थ मन्त्रालयले हालै मन्त्रीस्तरीय निर्णय गर्दै महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार मन्त्रालयबाट परिपत्र प्राप्त भइसकेको छ र निर्णय कार्यान्वयनको प्रक्रिया अगाडि बढिरहेको छ। यस व्यवस्थाले कर्मचारीको हातमा समयमै रकम पुग्ने र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
हाल सरकारी कर्मचारीहरूले मासिक रूपमा तलबभत्ता प्राप्त गर्दै आएका छन्। तर नयाँ प्रस्तावअनुसार महिनामा दुई पटक तलब वितरण गर्ने व्यवस्था लागू गरिनेछ। यसले कर्मचारीहरूको दैनिक आर्थिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।
सरकारले नयाँ संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको छ, जसमा यस सम्बन्धी व्यवस्था समावेश गरिने सम्भावना छ। ऐन पारित भएसँगै निर्णय कार्यान्वयनमा ल्याइने जनाइएको छ।

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
