नेपाल हेल्थ न्युज, बुटवल । लुम्बिनी प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पदमा डा. विष्णु गौतमलाई जिम्मेवारी दिएको छ। मन्त्रिपरिषद् बैठकले अन्तरिम व्यवस्थाका रूपमा उहाँलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि उक्त जिम्मेवारी सम्हालिरहेका डा. इन्द्र ढकाललाई स्वास्थ्य मन्त्रालयले फिर्ता बोलाएपछि अस्पतालको नेतृत्व परिवर्तन गरिएको हो।
प्रदेश सरकारका अनुसार अस्पतालको व्यवस्थापन थप प्रभावकारी बनाउने, सेवा प्रवाहलाई सुधार गर्ने र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले नयाँ नियुक्ति गरिएको हो।
डा. गौतम स्वास्थ्य सेवा अन्तर्गत जनरल हेल्थ सर्भिस समूहका ११ तहका वरिष्ठ चिकित्सक हुनुहुन्छ। उहाँले लामो समयदेखि सरकारी स्वास्थ्य क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभव राख्नुहुन्छ।
लुम्बिनी क्षेत्रकै प्रमुख स्वास्थ्य संस्थामध्ये एक मानिने यस अस्पतालमा दैनिक रूपमा करिब २ हजार ५ सय देखि ३ हजार बिरामीले सेवा लिने गरेका छन्।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

