नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा सम्बन्धी गलत सूचना फैलिएको भन्दै स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो दुरुपयोग गर्ने सामाजिक सञ्जालका अनधिकृत पेज तथा समूहहरू हटाउन कडा निर्देशन दिएको छ।
बोर्डले बुधबार सार्वजनिक गरेको सूचनामाफेसबुक, टिकटक र युट्युब लगायतका प्लेटफर्ममा बोर्डको आधिकारिक जस्तो देखिने गरी सञ्चालन गरिएका पेजहरूबाट भ्रामक तथा तथ्यहीन सूचना प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
सूचनाअनुसार ‘नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड’, ‘स्वास्थ्य बीमा बोर्ड’ र ‘स्वास्थ्य बीमा कार्यक्रम’ जस्ता नाम प्रयोग गरी खोलिएका पेजहरूले आम नागरिकमा अन्योल र भ्रम सिर्जना गरिरहेका छन्। यस्ता गतिविधिले सेवाग्राहीलाई गलत जानकारी पुग्ने तथा स्वास्थ्य बीमा प्रणालीप्रतिको विश्वासमा असर पर्ने बोर्डको भनाइ छ।
बोर्डले यस्ता पेज तथा समूह सञ्चालन गर्ने व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र सबै सामग्री हटाउन निर्देशन दिएको छ। निर्धारित समयभित्र निर्देशन पालना नगरे कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।
बोर्डले आम नागरिकलाई आधिकारिक सूचना प्राप्त गर्न केवल आधिकारिक माध्यमहरूमा मात्र भर पर्न आग्रह गर्दै सामाजिक सञ्जालमा देखिने अविश्वसनीय सामग्रीप्रति सचेत रहन अपिल गरेको छ।

जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
