नेपाल हेल्थ न्युज, पोखरा । गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोगको प्रभावकारी नियन्त्रण र व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन स्वास्थ्य सेवा कोष स्थापना गर्ने निर्णय गरेको छ।
वैशाख ९ गते बसेको मन्त्रिपरिषद् बैठकले “आपतकालीन स्वास्थ्य तथा संक्रामक रोग व्यवस्थापन कार्यविधि” पारित गर्दै कोष सञ्चालनको औपचारिक प्रक्रिया अघि बढाएको हो।
अर्थमन्त्री जीत बहादुर शेरचनका अनुसार यो कोष विशेष गरी आकस्मिक रूपमा फैलिन सक्ने रोगहरूको रोकथाम, उपचार र नियन्त्रणका लागि प्रयोग गरिनेछ।
सरकारले ५३ प्रकारका छिटो सर्ने रोगहरूको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै कोषलाई व्यवस्थित रूपमा परिचालन गर्ने योजना बनाएको छ। कोरोना महामारीजस्ता भविष्यमा आउन सक्ने स्वास्थ्य संकटसँग जुध्न यो कोष महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।
पछिल्लो समय बागलुङ जिल्लामा दादुरा संक्रमण फैलिँदा स्रोत अभावका कारण नियन्त्रणमा कठिनाइ देखिएको सन्दर्भमा सरकारले यस्तो कोषको आवश्यकता महसुस गरेको हो। यस्ता आपतकालीन अवस्थाहरूमा छिटो प्रतिक्रिया दिन र स्वास्थ्य सेवा प्रभावकारी बनाउन कोषले सहयोग गर्ने विश्वास गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा कोष सञ्चालन गर्ने तयारी गरेका छन्। यसले प्रदेशभर स्वास्थ्य आपतकालीन व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने र जनस्वास्थ्य सुरक्षामा थप मजबुती विश्वास व्यक्त गरेको छ।
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
