नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ। नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता तथा राहदानी लिएको पुष्टि भएपछि काउन्सिलले उनीहरूको नाम दर्ता किताबबाट हटाएको हो।
शुक्रबार जारी गरिएको सूचनाअनुसार नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ बमोजिम यस्तो निर्णय गरिएको काउन्सिलले जनाएको छ। काउन्सिलका अनुसार उक्त निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भएको छ।
दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ। विदेशी नागरिकता लिएपछि नेपाली नागरिकका रूपमा गरिएको चिकित्सक दर्ता स्वतः अवैध हुने कानुनी व्यवस्था रहेको काउन्सिलले स्पष्ट पारेको छ।
नाम हटाइएका चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरञ्जन देव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजिब हमाल र डा. सलुजा सिंह थारू रहेका छन्।
यसैगरी डा. सुजना केसी, डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सरवजनाको पनि नाम दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ।
काउन्सिलले कानुन विपरीत दर्ता कायम राख्ने कार्यलाई निरन्तर अनुगमन गरिरहेको जनाउँदै आगामी दिनमा पनि यस्ता कारबाही जारी रहने संकेत गरेको छ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मनाइयो विश्व स्ट्रोक दिवस
बिहीबार, कात्तिक १२, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
