नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ। नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता तथा राहदानी लिएको पुष्टि भएपछि काउन्सिलले उनीहरूको नाम दर्ता किताबबाट हटाएको हो।
शुक्रबार जारी गरिएको सूचनाअनुसार नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ बमोजिम यस्तो निर्णय गरिएको काउन्सिलले जनाएको छ। काउन्सिलका अनुसार उक्त निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भएको छ।
दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ। विदेशी नागरिकता लिएपछि नेपाली नागरिकका रूपमा गरिएको चिकित्सक दर्ता स्वतः अवैध हुने कानुनी व्यवस्था रहेको काउन्सिलले स्पष्ट पारेको छ।
नाम हटाइएका चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरञ्जन देव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजिब हमाल र डा. सलुजा सिंह थारू रहेका छन्।
यसैगरी डा. सुजना केसी, डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सरवजनाको पनि नाम दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ।
काउन्सिलले कानुन विपरीत दर्ता कायम राख्ने कार्यलाई निरन्तर अनुगमन गरिरहेको जनाउँदै आगामी दिनमा पनि यस्ता कारबाही जारी रहने संकेत गरेको छ।

गण्डकीमा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना
शुक्रबार, वैशाख ११, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विवाद समाधानपछि सेवा पुनः सुचारु
बिहीबार, वैशाख १०, २०८३
स्वास्थ्य बीमा बोर्डको नाम र लोगो प्रयोग भएका अनाधिकृत पेज २४ घण्टाभित्र हटाउन निर्देशन
बिहीबार, वैशाख १०, २०८३


