नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई वीर अस्पतालमा सरुवा गरिएको छ।
मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीसँगै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको नेतृत्व सम्हाल्दै आएका उनलाई अब वीर अस्पतालमा कामकाज गर्ने गरी खटाइएको हो।
वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन समेत रहेका डा. बुढाथोकीले केही समयअघि आफ्नो स्वास्थ्य अवस्थाका कारण प्रवक्ताको जिम्मेवारीबाट अलग हुन चाहेको जानकारी मन्त्रालयलाई गराएका थिए। मुटुसम्बन्धी समस्या देखिएपछि कार्यबोझ कम गर्न मन्त्रालयले उनलाई अस्पतालमा फिर्ता पठाउने निर्णय गरेको बताइएको छ।
सरुवाबारे जानकारी दिँदै डा. बुढाथोकीले वीर अस्पतालमा काम गर्ने गरी पत्र प्राप्त भएको बताए। “वीर अस्पतालमा काम गर्ने गरी पत्र पाएको छु, अब सोही अनुसार त्यहाँ गएर सेवा दिनेछु,” उनले भने।
मन्त्रालयका अनुसार स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई प्रत्यक्ष सेवामा केन्द्रित हुने वातावरण बनाउन यो निर्णय गरिएको हो।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

