नेपाल हेल्थ न्युज, बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्तिको विषय अन्ततः अदालतको आदेशअनुसार टुंगिएको छ। सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन गर्दै ११औँ तहका स्थायी चिकित्सक डा. विष्णु गौतमलाई मेसुमा नियुक्त गरिएको छ।
यसअघि प्रदेश सरकारले ११औँ तहका गौतमलाई बेवास्ता गर्दै १०औँ तहका वरिष्ठ अर्थोपेडिक चिकित्सक डा. इन्द्र ढकाललाई उक्त पदमा नियुक्त गरेको थियो। आफूलाई अन्याय भएको दाबी गर्दै गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
मुद्दाको सुनुवाइपछि अदालतले नेपाल स्वास्थ्य सेवा अन्तर्गत जनरल हेल्थ समूहका ११औँ तहका चिकित्सकलाई प्राथमिकता दिनुपर्ने भन्दै निर्देशात्मक आदेश जारी गरेको थियो। सोही आदेशका आधारमा अहिले नियुक्ति प्रक्रिया सच्याइएको हो।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अदालतको निर्णयअनुसार गौतमलाई मेसुको जिम्मेवारी दिइएको पुष्टि गरेका छन्। लामो समयसम्म कानुनी लडाइँ लडेका गौतमले ढिलै भए पनि निर्णय कार्यान्वयन हुँदा न्याय पाएको प्रतिक्रिया दिएका छन्।
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
