नेपाल हेल्थ न्युज, बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्तिको विषय अन्ततः अदालतको आदेशअनुसार टुंगिएको छ। सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन गर्दै ११औँ तहका स्थायी चिकित्सक डा. विष्णु गौतमलाई मेसुमा नियुक्त गरिएको छ।
यसअघि प्रदेश सरकारले ११औँ तहका गौतमलाई बेवास्ता गर्दै १०औँ तहका वरिष्ठ अर्थोपेडिक चिकित्सक डा. इन्द्र ढकाललाई उक्त पदमा नियुक्त गरेको थियो। आफूलाई अन्याय भएको दाबी गर्दै गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
मुद्दाको सुनुवाइपछि अदालतले नेपाल स्वास्थ्य सेवा अन्तर्गत जनरल हेल्थ समूहका ११औँ तहका चिकित्सकलाई प्राथमिकता दिनुपर्ने भन्दै निर्देशात्मक आदेश जारी गरेको थियो। सोही आदेशका आधारमा अहिले नियुक्ति प्रक्रिया सच्याइएको हो।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अदालतको निर्णयअनुसार गौतमलाई मेसुको जिम्मेवारी दिइएको पुष्टि गरेका छन्। लामो समयसम्म कानुनी लडाइँ लडेका गौतमले ढिलै भए पनि निर्णय कार्यान्वयन हुँदा न्याय पाएको प्रतिक्रिया दिएका छन्।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
