नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन खुलाएको छ। मन्त्रालयले एक सूचना जारी गर्दै सम्बन्धित योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो।
उक्त पदमा नियुक्ति अस्पतालसम्बन्धी प्रचलित कानुनअनुसार गरिने जनाइएको छ। योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। यदि अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सिंहदरबारमा सिधै वा इमेलमार्फत पठाउन सकिनेछ। आवश्यक कागजात तथा अन्य विस्तृत जानकारी मन्त्रालयको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने बताइएको छ। मन्त्रालयले तोकिएको म्यादभित्र आवेदन दिन इच्छुक व्यक्तिहरूलाई अनुरोध गरेको छ।
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
