नेपाल हेल्थ न्युज, जेनेभा । सुडानमा जारी द्वन्द्वका क्रममा यौन हिंसालाई सुनियोजित रूपमा प्रयोग गरिँदा पीडितमा गम्भीर मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसँग आबद्ध निकायहरूले चिन्ता व्यक्त गरेका छन्।
अप्रिल २०२३ देखि जारी द्वन्द्वमा दशौँ हजारको ज्यान गएको छ भने करिब १ करोड १० लाख मानिस विस्थापित भएका छन्। विभिन्न प्रतिवेदनले बलात्कारलाई युद्धको हतियारका रूपमा प्रयोग गरिएको देखाएका छन्।
डाक्टर्स विदआउट वोडर्सका अनुसार २०२४ जनवरीदेखि २०२५ नोभेम्बरसम्म डार्फर क्षेत्रमा ३,३९६ पीडितले उपचार खोजेका छन्, तर विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले वास्तविक संख्या अझ धेरै हुन सक्ने बताएका छन्।
स्वास्थ्य सेवा अभाव, असुरक्षा र सामाजिक कलङ्कका कारण पीडितले उपचार पाउन कठिन भइरहेको छ। युनाइटेड नेसन्स पपुलेसन फण्डले यौन हिंसापछि ७२ घण्टाभित्र उपचार आवश्यक भए पनि सेवा अभाव रहेको जनाएको छ।
विशेषज्ञका अनुसार पीडितमा गम्भीर मानसिक समस्या बढ्दै गएको छ र आत्महत्याको जोखिमसमेत उच्च रहेको छ।
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

