नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिका स्तरसम्म विस्तार गर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीले बताइन्, “रास्वपाले स्वास्थ्य विभागलाई सबै तहमा विस्तार गर्दै नीतिगत कामहरू गर्दैछ।”
उनका अनुसार अस्पतालमा लामो लाइन लाग्नु, उपचारको महङ्गो मूल्य, र गाउँगाउँमा डाक्टर तथा स्वास्थ्यकर्मीको कमी स्वास्थ्य सेवाको कमी नभई स्वास्थ्य प्रणालीको कमजोरी हो।
डा. कार्कीले थपिन् कि पार्टीले स्वास्थ्य नीतिमा आमूल परिवर्तन ल्याउन विभागमार्फत काम गर्नेछ। यसका लागि विज्ञहरू, विभागीय सदस्यहरू, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्य विज्ञ, स्वास्थ्य प्रविधिका इन्जिनियर र व्यवस्थापकहरूलाई विभागमा जोड्ने योजना बनाइएको छ।
उनले नेपालको स्वास्थ्य अवस्था सुधार्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै जनस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न गरेकी छन् ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
