नेपाल हेल्थ न्युज, भरतपुर। भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आठ जनाले आवेदन दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १५ बैशाखमा अध्यक्ष पदका लागि एक हप्ताको समयसीमा तोकेर आवेदन आव्हान गरेको थियो।
सोमबारसम्मको समयसीमामा आठ जनाले आवेदन दर्ता गरिसकेका छन्। आवेदन दिनेहरुमा डा. विजयचन्द्र आचार्य, डा. विश्वराम पौडेल, डा. अजयकुमार झा, प्राडा योगेन्द्रप्रसाद सिंह, डा. लक्ष्मीनारायण सिंह, डा. भावना वाग्ले, विकास आचार्य र डा. जय श्रेष्ठ रहेका छन्।
अस्पताल विकास समितिको अध्यक्ष पदमा अघिल्लो पटक स्वास्थ्य मन्त्रालयको सिफारिसको आधारमा सिधै मन्त्रिपरिषद्ले नियुक्ति गर्ने गरेका थिए। तर यस पटक खुला प्रतिस्पर्धामार्फत अध्यक्ष छनोट गर्ने निर्णय गरिएको छ।
अस्पताल ऐन, २०५३ अनुसार, अध्यक्ष पदमा चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त भएको र क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएको व्यक्ति मात्र आवेदन दिन सक्ने प्रावधान छ।
अघिल्लो कार्यकालमा डा. विजयराज न्यौपाने उक्त पदमा कार्यरत थिए। नयाँ अध्यक्ष तीन वर्षे कार्यकालका लागि नियुक्त हुनेछन्।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
