नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्।अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी अहिलेको सरकारले अध्यादेश ल्याएपछि डा.शर्माले राजीनामा दिएका हुन् ।
डा. शर्माका अनुसार, उनले हिजो स्वास्थ्य मन्त्रालयमा पुगेर औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। “अन्य पदाधिकारीहरूले पनि पद छाडिसकेकाले मैले पनि त्यही निर्णय लिएको हुँ। मेरो कार्यकाल पनि धेरै बाँकी थिएन, नयाँ सरकारले सहज रूपमा काम गर्न सकून् भनेर राजीनामा दिएको हुँ,” उनले भने।
डा. शर्मा स्वास्थ्य सेवा अन्तर्गत दशौं तहका कर्मचारी हुन् र उनी २०८१ साल फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए।
उनको राजीनामापछि वीर अस्पताल हाल पदाधिकारीविहीन भएको छ। यससँगै, अध्यादेश जारी भएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष लगायतका अन्य पदाधिकारीहरू पनि हटाइएका छन्।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

