अन्तर्राष्ट्रिय नर्स दिवस २०२६ को नारा ‘हाम्रा नर्स, हाम्रो भविष्य, हरेचाहको आर्थिक शक्ति’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रमका साथ नेपाललगायत विश्वभर मनाइँदै छ ।
नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मजयन्तीमा हरेक वर्ष मे १२ मा विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ । यो दिन नर्सहरूलाई सम्मान गर्न र नर्सिङ पेशालाई बढावा दिनका लागि विशेष मानिन्छ ।
रोगबाट निको हुनमा औषधि र उपचारको जति भूमिका हुन्छ उत्तिकै उचित हेरचाहले महत्वपूर्ण भूमिका खेल्छ । यसमा चौबीसै घण्टा बिरामीको हेरचाहमा डाक्टरभन्दा नर्सहरूले ठूलो जिम्मेवारी वहन गर्छन् । उनीहरुको सम्मानमा हरेक वर्ष मे १२ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय नर्स दिवस’ मनाइन्छ ।
वास्तवमा आधुनिक नर्सिङको संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा भएको थियो । यही कारणले गर्दा समाज र स्वास्थ्य क्षेत्रमा नर्सको योगदानलाई स्मरण गर्ने, यस पेशाको प्रवद्र्धन र नर्सहरूलाई सम्मान गर्ने उद्देश्यले सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो दिवस मनाउने घोषणा गरेको थियो ।
आधुनिक नर्सिङको संस्थापक फ्लोरेन्स नाइटिंगेल
यस दिनले हामीलाई यी मेहनती पेशाकर्माीहरूको योगदानको स्मरण गराउँछ, जो बिना स्वास्थ्य सेवा अधुरो छ । कोभिड महामारीको समयमा पनि तपाईले देख्नु भएको छ कि यी नर्सहरू फ्रन्टलाइनमा उभिएर हरेक जीवन बचाउन खोजिरहेका थिए ।
विश्वभर फ्लोरेन्स नाइटिङ्गेललाई लेडी विथ द ल्याम्प पनि भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनले सेवा र समर्पणको प्रतीक मानिने नर्सहरूको सम्मान गर्न यो दिनलाई विश्व नर्स दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
स्वास्थ्यमन्त्री मेहता र भारतीय राजदूत श्रीवास्तवबिच भेटवार्ता
मंगलबार, वैशाख २९, २०८३
६० जना महिलामा एचपीभी संक्रमण पुष्टि
मंगलबार, वैशाख २९, २०८३
शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर
मंगलबार, वैशाख २९, २०८३
स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकाल अस्वस्थ, डा. भट्टचनलाई जिम्मेवारी दिने तयारी
सोमबार, वैशाख २८, २०८३

