नेपाल हेल्थ न्युज, आइन्डोभन (नेदरल्यान्ड) । हान्टाभाइरसबाट प्रभावित क्रूज जहाज एमभी होन्डियसमा सवार यात्रु र चालक दलका सदस्य बोकेका दुई वटा उडानहरू मङ्गलबार नेदरल्यान्ड्सको आइन्डहोभेन सन्य एअरपोर्टमा अवतरण गरेको जनाइएको छ ।
विदेश मन्त्रालयका अनुसार अस्टेलियाली अधिकारीहरूद्वारा सञ्चालित पहिलो उडानमा छ जना यात्रु थिए भने, दोस्रो, उडानले लक्जरी क्रूज जहाजबाट २२ जना चालक दलका सदस्य ल्याएको जनाइएको छ । जसमा एक जना डच नागरिक र अन्य २१ जना अन्य राष्ट्रका नागरिक थिए ।
पहिलो जहाज लगभग रातिको १२ः३० मा अवतरण भएको जनाइएको छ भने यस विमानका छ जना यात्रु अस्ट्रेलिया जाने अपेक्षा गरिएको छ । दोस्रो उडान लगभग १५ मिनेटपछि अवतरण भएको जनाइएको छ ।
सार्वजनिक स्वास्थ्य र वातावरणका लागि डच राष्ट्रिय संस्थानले स्वदेश फर्केका सबै यात्रुको पूर्ण मेडिकल स्क्रिनिङ गरिने बताएको छ भने प्रयोगशाला परिक्षणका लागि विमानस्थलमा सबै आगन्तुकबाट नमूना सङ्कलन गरिन छ ।
तुरुन्तै घर फर्कन नसक्ने अवस्थामा रहेका चालक दलका सदस्य र विदेशी यात्रुका लागि होटलको व्यवस्था गरिएको एजेन्सीले जनाएको छ ।
यसैबिच, एमभी होन्डियसको डच अपरेटर ओसनवाइड एक्सपिडिसनले विज्ञप्ति जारी गर्दै जहाज स्पेनको टेनेरिफ टापुबाट नेदरल्यान्ड्सको रोटरडाम तर्फको यात्रा गरिरहेको जनाइएको छ । जहाजले यात्रा पूरा गर्न लगभग छ दिन लाग्ने अपेक्षा गरिएको छ भने आइतबारका लागि अस्थायी आगमन निर्धारित गरिएको छ । रासस/सिन्ह्वा
३८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अस्पताल र बैंकका कर्मचारीसहित ५ जना पक्राउ
बुधबार, वैशाख ३०, २०८३
भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. नविन दर्नाल
बुधबार, वैशाख ३०, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान
बुधबार, वैशाख ३०, २०८३
नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. पाण्डे नियुक्त
बुधबार, वैशाख ३०, २०८३

