नेपाल हेल्थ न्युज, नेपालगन्ज । भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. नविन दर्नाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १७ गते उनलाई अस्पतालको नेतृत्व सम्हाल्ने जिम्मेवारी प्रदान गरेको हो।
नवनियुक्त डा. दर्नालले आजदेखि प्रमुख मेसुको जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्। उनी जनरल हेल्थ सर्भिसेस (जहेस) समूहका विशेषज्ञ हुन् र गत महिना मात्रै स्वास्थ्य सेवाको ११औँ तह (प्रमुख मेडिकल सुपरिटेन्डेन्ट) मा पदोन्नति भएका थिए।
मन्त्रालयको निर्णयसँगै डा. दर्नालले भेरी अस्पतालको प्रशासनिक र चिकित्सकीय नेतृत्वको जिम्मेवारी पाएका हुन्। यसअघि अस्पतालमा प्रमुख मेसुको रूपमा कार्यरत डा. निराजन सुवेदी भने वीर अस्पतालमा काज फिर्ता भएका छन्।
डा. सुवेदी करिब १९ महिनाअघि भेरी अस्पतालको नेतृत्व सम्हाल्न आएका थिए र उनको कार्यकालमा अस्पतालले विभिन्न सुधारात्मक कार्यहरू अघि बढाएको थियो।
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

