नेपाल हेल्थ न्युज, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारको छनोट प्रक्रिया अघि बढाउँदै तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ।
विश्वविद्यालय सभाको बुधबार भएको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा प्राडा जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
समितिका अन्य दुई सदस्यमा प्राडा लोचना श्रेष्ठ र प्राडा दिनेश लम्साल रहेका छन्। प्राडा अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत रहेका छन्। समितिको गठन विश्वविद्यालय ऐन २०८२ बमोजिम गरिएको विश्वविद्यालयले जनाएको छ।
बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै विश्वविद्यालय सभाका लागि ६ जना सदस्य (सिनेटर) पनि मनोनयन गरेको छ। विज्ञान तथा प्रविधि, शिक्षा, कानुन, व्यवस्थापन, मानवशास्त्र र समाजशास्त्र क्षेत्रबाट दुई महिलासहित विशिष्ट व्यक्तिहरूलाई सिनेटमा समावेश गरिएको छ। त्यसैगरी, बैठकले विश्वविद्यालय सभामा पहिले योगदान पुर्याएका सबै सिनेटरप्रति धन्यवाद ज्ञापन पनि गरेको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
