नेपाल हेल्थ न्युज, काठमाडौं । मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयको नाम र कार्यविभाजनमा परिवर्तन गरेको छ। नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ अनुसार पुराना २२ मन्त्रालयलाई गाभेर १८ मन्त्रालय कायम गर्ने प्रस्ताव पारित भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम पनि परिवर्तन गरिएको हो।
नयाँ कार्यविभाजन अनुसार अब यस मन्त्रालयको नाम स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको छ। यसले स्वास्थ्यसँगै खाद्य र सरसफाइका विषयलाई पनि समावेश गर्दै मन्त्रालयको जिम्मेवारीलाई व्यापक बनाएको छ।
प्रधानमन्त्री वलेन्द्र शाहले नयाँ कार्यविभाजनअनुसारका मन्त्रालय र मन्त्रीहरूको विवरण राष्ट्रपति कार्यालयमा पठाएका थिए। त्यसैअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नयाँ कार्यविभाजन अनुसार मन्त्रिपरिषदलाई जिम्मेवारी हस्तान्तरण गरेका छन्।
स्वास्थ्य मन्त्रालयको यस नयाँ संरचनाले अब स्वास्थ्य क्षेत्रसँगै खाद्य स्वच्छतालाई पनि मुख्य कार्यभारको रूपमा अघि बढाउने तयारी गरेको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

