नेपाल हेल्थ न्युज, काठमाडौं । कलंकीस्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मीहरूले उचित पारिश्रमिक नपाएको विरोधमा आन्दोलन सुरु गरेका छन्। शुक्रबारदेखि उनीहरूले आकस्मिक सेवाबाहेकका सबै सेवा छोडेर धरना दिन थालेका हुन्।
स्वास्थ्यकर्मीहरूले बताए अनुसार सरकारले निजी अस्पतालहरूमा पनि लागू हुने गरी ५औँ तहका स्वास्थ्यकर्मीको मासिक पारिश्रमिक ३४ हजार ७ सय ३० रुपैयाँ तोकेको भए पनि अस्पताल प्रशासनले यसलाई कार्यान्वयन गरेको छैन्। हाल उनीहरूलाई मासिक करिब १९ हजार ३ सय ९६ रुपैयाँ मात्र पारिश्रमिक दिइँदै आएको छ।
स्वास्थ्यकर्मीहरूले नर्सलाई उचित पारिश्रमिक दिनुपर्ने र श्रम शोषण गर्न नहुने भन्दै पर्चा बोकेर अस्पताल परिसरमा धर्ना दिएका छन्। उनीहरूका अनुसार, अस्पतालमा काम गर्ने नर्स, हेल्थ असिस्टेन्ट लगायतका कर्मचारीहरूले आधा तलबमा काम गर्न बाध्य छन्।
सरकारले निजी अस्पतालमा पारिश्रमिकको अनुगमन गर्न टोली खटाउने आश्वासन दिएको भए पनि हालसम्म शहीद मेमोरियल अस्पतालमा कुनै सरकारी अनुगमन टोली पुगेको छैन। स्वास्थ्यकर्मीहरूले नियमनकारी निकायले बेखबर बस्नु दुःखद् भएको बताएका छन्।
अस्पतालका करिब ४० जना स्वास्थ्यकर्मीले माग पूरा नहुँदासम्म ड्युटीमा उपस्थित नहुने अडान लिएका छन्। उनीहरूले स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायसँग तत्काल अनुगमन गरी सरकारको तोकेको पारिश्रमिक कार्यान्वयन गर्न जोडदार माग गरेका छन्।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

