नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले गठित कार्यदलले एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकहरुलाई स्नातकोत्तर तहका आवासीय चिकित्सकले पाउने निर्वाह भत्ताको ५० प्रतिशत रकम उपलब्ध गराउन सिफारिस गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले गत १४ बैशाखमा इन्टर्न चिकित्सकको मासिक निर्वाह भत्तासम्बन्धी सुझावसहित राय दिन कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले ३० बैशाखमा प्रतिवेदन पेश गर्दै निजी र सरकारी सबै कलेज तथा प्रतिष्ठानले यस सुविधा दिनुपर्ने सुझाव दिएको छ।
कार्यदलमा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसाल संयोजक, स्वास्थ्य मन्त्रालयकी सकुन्तला प्रजापति, चिकित्सा शिक्षा आयोगका बसन्तप्रसाद कोइराला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन, त्रिवि आईओएमका सहायक डीन प्राडा अभिमन्यू झा र केयुका सहडीन डा. दीपक कुँवर सदस्य रहेका थिए। उपसचिव मधुप्रसाद घिमिरे सदस्य सचिव रहेका थिए।
प्रतिवेदनमा इन्टर्न चिकित्सकहरूले अस्पतालमा अनिवार्य रूपमा व्यस्त रहनुपर्ने समय, कामको कठिनाई, रात्रीकालीन सेवा र अतिरिक्त जिम्मेवारीलाई ध्यानमा राख्दै स्वास्थ्य सेवाको आठौँ तहको सुरु तलव स्केलको आधा रकम उपलव्ध गराउन सुझाव दिइएको छ।
कार्यदलले सिफारिस कार्यान्वयनका लागि सरोकारवालासँग परामर्श गरी कार्ययोजना तयार गर्ने र आयोगको बैठकबाट अन्तिम निर्णय लिन सकिने उल्लेख गरेको छ।
यस्तो छ कार्यदलको प्रतिवेदन
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

