नेभिगेशन

शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदमा करार सेवाका लागि आवेदन खुला गरेको छ। कर्मचारी प्रशासन शाखाले क्लिनिकल रजिस्ट्रार तथा हाउस अफिसर पदका लागि आवेदन मागेको हो।

अस्पतालका अनुसार, यसअघि प्रकाशित सूचनाअनुसार पर्याप्त आवेदन नपरेको कारणले पुनः सूचना प्रकाशित गरिएको हो। इच्छुक नेपाली नागरिकले २०८३ जेठ ४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

क्लिनिकल रजिस्ट्रार पदका लागि एनेस्थेसियोलोजी, क्रिटिकल केयर मेडिसिन, जनरल प्राक्टिस, इमरजेन्सी मेडिसिन विषयमा एमडीरएमएस वा सो सरह उत्तीर्ण हुनुपर्नेछ भने हाउस अफिसर पदका लागि एमबीबीएस वा बीडीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।

आवेदन दिदा एसएलसीदेखि उच्च तहसम्मका शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र तथा विदेशमा अध्ययन गरेकाहरूका लागि इक्विभ्यालेन्स प्रमाणपत्र अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ। आवेदन शुल्क २,५०० रुपैयाँ तोकिएको छ।

क्लिनिकल रजिस्ट्रार पदको लिखित तथा अन्तर्वार्ता परीक्षा जेठ १० गते सञ्चालन हुनेछ भने हाउस अफिसर पदको परीक्षा केवल लिखित हुनेछ। थप विवरण अस्पतालको वेबसाइटमार्फत उपलब्ध गराइने जनाइएको छ।

teaching-hospital111-1778563268.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट