नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र पाण्डे नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णयमार्फत डा. पाण्डेलाई उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो।
डा. पाण्डे हालै सम्पन्न काउन्सिल निर्वाचनबाट निर्वाचित सदस्य समेत हुनुहुन्छ। काउन्सिलका पूर्व रजिष्ट्रार डा. सतिश देव पदमुक्त भएपछि रिक्त रहेको रजिष्ट्रार पदको कार्यसम्पादनका लागि उहाँलाई निमित्त जिम्मेवारी दिइएको बताइएको छ।
यसअघि पनि डा. देव विदेश भ्रमणमा रहँदा डा. पाण्डेले निमित्त रजिष्ट्रारको जिम्मेवारी सम्हालिसक्नुभएको थियो।
अर्थोपेडिक्स विशेषज्ञ डा. पाण्डे नेपाल सरकारअन्तर्गत १०औँ तहका चिकित्सक हुनुहुन्छ। उहाँ हाल युनिभर्सिटी अफ अक्सफोर्डमा हिप केयरसम्बन्धी पीएचडी अध्ययनरत रहनुभएको छ।
डा. पाण्डेले यसअघि सरकारी चिकित्सक संघ ‘गोदान’को नेतृत्व समेत सम्हालिसक्नुभएको छ। स्वास्थ्य क्षेत्रको नीति, प्रशासन र चिकित्सक हकहितका विषयमा उहाँ सक्रिय रूपमा संलग्न रहँदै आउनुभएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
