नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारी मापदण्डविपरीत व्यक्तिगत रूपमा सवारी साधन प्रयोग गर्दै आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ९२ जना अधिकारीहरूको सवारी सुविधा खोसिएको छ। मन्त्रालयको पुलमा फिर्ता गरिएका सवारी साधनहरूमा व्यक्तिगत प्रयोग गरिएका गाडीहरू मुख्य छन्।
सरकारी खर्च कटौती र सवारी साधनको दुरुपयोग रोक्ने नीतिअनुसार, विभिन्न मन्त्रालय र निकायहरूबाट सवारी साधन फिर्ता गर्ने कार्य भइरहेको छ। यस क्रममा स्वास्थ्य क्षेत्रबाट ठूलो संख्यामा गाडीहरू फिर्ता गरिएको तथ्यांकले देखाउँछ।
प्राप्त विवरणअनुसार, स्वास्थ्य मन्त्रालय र यस अन्तर्गतका विभाग, केन्द्र तथा आयोजनाहरूबाट कुल ९२ वटा सवारी साधन फिर्ता भएका छन्। यो संख्या अन्य मन्त्रालयहरूको तुलनामा उच्च मध्येको एक हो।
कुल ३४ वटा मन्त्रालय तथा सरकारी निकायहरूबाट ७०१ वटा सवारी साधन फिर्ता गरिएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
मंगलबार, भदौ ३०, २०८३
