नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारी मापदण्डविपरीत व्यक्तिगत रूपमा सवारी साधन प्रयोग गर्दै आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ९२ जना अधिकारीहरूको सवारी सुविधा खोसिएको छ। मन्त्रालयको पुलमा फिर्ता गरिएका सवारी साधनहरूमा व्यक्तिगत प्रयोग गरिएका गाडीहरू मुख्य छन्।
सरकारी खर्च कटौती र सवारी साधनको दुरुपयोग रोक्ने नीतिअनुसार, विभिन्न मन्त्रालय र निकायहरूबाट सवारी साधन फिर्ता गर्ने कार्य भइरहेको छ। यस क्रममा स्वास्थ्य क्षेत्रबाट ठूलो संख्यामा गाडीहरू फिर्ता गरिएको तथ्यांकले देखाउँछ।
प्राप्त विवरणअनुसार, स्वास्थ्य मन्त्रालय र यस अन्तर्गतका विभाग, केन्द्र तथा आयोजनाहरूबाट कुल ९२ वटा सवारी साधन फिर्ता भएका छन्। यो संख्या अन्य मन्त्रालयहरूको तुलनामा उच्च मध्येको एक हो।
कुल ३४ वटा मन्त्रालय तथा सरकारी निकायहरूबाट ७०१ वटा सवारी साधन फिर्ता गरिएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
वीर अस्पतालमा मेडिकल अधिकृत र स्टाफ नर्स पदमा दरखास्त आह्वान
शुक्रबार, कात्तिक १३, २०८३ट्रेन्डिङ
