नेभिगेशन

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले अध्यादेश जारी गरेपछि रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरु नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनमा संशोधन गर्ने अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०७८/२०८३ जारी भएपछि प्रतिष्ठानका उपकुलपतिसहित पदाधिकारीहरुको पदमुक्ति भएको थियो।

स्वास्थ्य मन्त्रालयका संयोजक, मन्त्री निशा मेहताको नेतृत्वमा रिक्त उपकुलपति पदका लागि सिफारिस समिति गठन गरिएको छ। समितिमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य र स्वास्थ्य सचिव डा. विकास देवकोटा सदस्य रहेका छन्।

सिफारिस समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि मापदण्ड निर्माणको काम अगाडि बढाइसकेको छ। स्वास्थ्य मन्त्रालयको सचिवालयका अनुसार, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्ने प्रक्रिया सुरु भएको छ।

सचिवालयका एक कर्मचारीले नेपाल हेल्थ न्युजलाई भनेअनुसार, समितिले सबै प्रतिष्ठानमा उपकुलपति सिफारिसका लागि मापदण्ड बनाउने काम अगाडि बढाएको छ। मापदण्ड तयार भएपछि सार्वजनिक सूचना जारी गरेर आवेदन माग गर्ने तयारी हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट