नेपाल हेल्थ न्युज, जेनेभा । नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरिएको छ। सोमबार जेनेभामा आयोजित महासभाको उद्घाटन सत्रमा नेपाललाई यो गरिमामय जिम्मेवारी प्रदान गरिएको हो।
विश्व स्वास्थ्य महासभामा सदस्य राष्ट्रहरूले स्वास्थ्यसम्बन्धी नीति, प्राथमिकता र अन्तर्राष्ट्रिय सहकार्यको विषयमा छलफल गर्ने गर्छन्। उपाध्यक्ष पदमा नेपालको चयनले विश्व स्वास्थ्य क्षेत्रमा नेपालको सक्रिय भूमिका र अन्तर्राष्ट्रिय समुदायमा बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेको जनाइएको छ।
महासभामा नेपालको प्रतिनिधिमण्डलमा स्वास्थ्य मन्त्री निशा मेहता समन्वय महाशाखा प्रमुख यशोदा अर्याल र गुणस्तर महाशाखा प्रमुख प्रकाश न्यौपाने सहभागी छन्। आज महासभाको सत्रमा मन्त्री मेहता नेपालको तर्फबाट स्वास्थ्य सुधार, सेवा पहुँच विस्तार र विश्व स्वास्थ्य सहकार्यसम्बन्धी धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
नेपालसँगै लिबिया, माली, पोल्याण्ड र पपुवा न्युगिनी उपाध्यक्षमा निर्वाचित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्वभरका सदस्य राष्ट्रका प्रतिनिधि, स्वास्थ्य विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूको सहभागीता रहेको यस महासभाले नेपालको स्वास्थ्य कूटनीतिमा महत्वपूर्ण उपलब्धि ठानिएको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

