नेपाल हेल्थ न्युज, कङ्गो । अफ्रिका प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण हालसम्म कम्तीमा १३१ जनाको मृत्यु भएको छ भने ५१३ भन्दा बढी मानिसमा संक्रमणको आशंका गरिएको छ। अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका प्रमुख जीन कासेयाले हाल फैलिएको इबोलाको स्ट्रेनका लागि कुनै स्वीकृत औषधि वा खोप उपलब्ध नभएको जानकारी दिएका छन्।
कासेयाले महामारी नियन्त्रणका लागि इबोला पीडितहरूको अन्त्येष्टि र अन्य सामाजिक कार्यक्रमहरूमा जनस्वास्थ्यका मापदण्डहरू पूर्ण रूपमा पालन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
विश्व स्वास्थ्य संगठनले यस प्रकोपलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा गरेको छ। छिमेकी देश युगान्डामा पनि दुई जनामा संक्रमण पुष्टि भइसकेको छ र एक जनाको मृत्यु भएको छ।
कङ्गोमा कार्यरत एक अमेरिकी डाक्टरमा पनि इबोला संक्रमण पुष्टि भएको छ र उनलाई थप उपचारका लागि जर्मनी लैजाने तयारी भइरहेको छ। यसैगरी, कम्तीमा छ जना अमेरिकी नागरिकहरू इबोला भाइरसको सम्पर्कमा आएको अमेरिकी समाचार संस्थाले जनाएका छन्। अमेरिकीले प्रभावित नागरिकहरूको सुरक्षित उद्धारमा सहयोग गरिरहेको छ।
अमेरिकी सरकारले कङ्गोमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित क्वारेन्टाइन स्थलमा लैजाने प्रबन्ध मिलाएको छ। जर्मनीस्थित अमेरिकी सैन्य शिविरमा उद्धार गरिएका अमेरिकी नागरिकहरू राखिन सक्ने सम्भावना छ।
सी. डी. सीले अमेरिका भित्र संक्रमणको जोखिम कम भए पनि प्रभावकारी नियन्त्रणका लागि नयाँ नियम लागू गरेको छ। प्रभावित क्षेत्रबाट आउने यात्रुहरूमा विशेष निगरानी गरिनेछ भने विगत २१ दिनभित्र युगान्डा, डीआर कङ्गो वा दक्षिण सुडान भ्रमण गरेका गैर(अमेरिकी राहदानी वाहकहरूको प्रवेशमा प्रतिबन्ध लगाइनेछ।
एयरलाइन्स र साझेदारहरूसँग मिलेर शंकास्पद यात्रुहरूको कन्ट्याक्ट ट्रेसिङ, परीक्षण क्षमता वृद्धि र अस्पताल तयारी सुनिश्चित गरिने बताइएको छ। अमेरिकी सरकारले कङ्गो भ्रमण नगर्न चेतावनी दिने सबैभन्दा कडा ‘लेभल फोर’ ट्राभल एड्भाइज पनि जारी गरेको छ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
