नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालले भर्ना भई उपचाररत बिरामीलाई दुई छाक खाना निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ। अस्पतालले यसपछि खाजाको व्यवस्था पनि गर्ने तयारी गरिरहेको छ।
अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार, अस्पतालले सेवा सुरु गरेको १७ वर्षसम्म बिरामीले आफैं खाना किनेर खाने व्यवस्था थियो। चालु आर्थिक वर्षमा बजेट विनियोजन भए पनि आवश्यक प्रक्रिया पूरा गर्न समय लागेकाले सेवा सुरुमा ढिलाइ भएको उनले बताए।
यस सेवा सुरु गर्नु अघि विभिन्न अस्पतालका खानासम्बन्धी व्यवस्थाको अध्ययन गरेका थियौं। साथै, हाम्रो पोषणविद्को सुझावअनुसार खानाका परिकार तयार गरिएको छ। अब बिरामीलाई आवश्यक पोषण आपूर्ति सुनिश्चित हुनेछ।”
उनले भने, “पहिले बिरामीले आफैं किनेर खाने गर्दा आवश्यक पोषण पूरा नहुने र कतिपय अवस्थामा स्वास्थ्यमा नकारात्मक असर पर्ने स्थिति थियो। अब पोषणविद्को निर्देशनमा मात्रै खानामा आवश्यक पोषण समावेश हुने व्यवस्था गरेका छौं।”
अस्पतालले सेवा सुरु गर्नु अघि वीर र टिचिङ अस्पतालबाट अनुभव तथा जानकारी लिएको पनि बताइएको छ। यस सेवाका लागि वार्षिक डेढ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ र आगामी वर्षका लागि पनि बजेट सुनिश्चित भइसकेको छ। डा. रेग्मीले स्पष्ट पारे, “अबदेखि अस्पतालमा भर्ना भएका बिरामीका लागि निःशुल्क खानाको व्यवस्था दीगो हुनेछ।”
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३

