नेपाल हेल्थ न्युज, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
विश्वविद्यालयमा पदपूर्तिका लागि नाम सिफारिस गर्न गठित समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक र योग्य नेपाली नागरिकलाई दरखास्त पेश गर्न आह्वान गरेको हो।
समितिका अनुसार, गत जेठ ५ गते स्वीकृत भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम आवेदन आह्वान गरिएको हो।
सूचनामा उल्लेख छ कि इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आफ्नो आवेदन पेश गर्नुपर्नेछ। सार्वजनिक बिदा परेको दिन आवेदन बुझाउने अन्तिम म्यादमा असर पर्ने छैन त्यस अवस्थामा कार्यालय खुलेको पहिलो दिन अन्तिम म्याद मानिनेछ।
आवेदन शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारस्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र बुझाउनुपर्नेछ। साथै आवेदन सोही कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
विस्तृत कार्यविधि तथा थप जानकारीका लागि इच्छुक उम्मेदवारहरूले शिक्षा तथा खेलकुद मन्त्रालयको आधिकारिक वेबसाइटमा गएर हेर्न सकिने समितिले जनाएको छ।

टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

