नेपाल हेल्थ न्युज, भक्तपुर । भक्तपुर अस्पतालले न्यूनत्तम सेवा मापदण्डमा आफ्नो सर्वोत्कृष्टता पुनः स्थापित गरेको छ। यसअघि ९० अंकसहित ‘सेकेण्डरी बी लेभल’को सर्वोत्कृष्ट अस्पताल बनेको भक्तपुर अस्पतालले यसपटक ९३ अंक हासिल गर्दै देशकै उत्कृष्ट सेवा प्रदायकको रुपमा पहिचान बनाएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको तीन दिन चल्ने मूल्यांकनपछि प्राप्त नतिजा सार्वजनिक भएको थियो। अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले भक्तपुर अस्पतालले यस पटक पनि सर्वोत्कृष्टता कायम राख्न सफल भएको जानकारी दिए।
मूल्यांकन समितिका सदस्य नर्सिङ्ग अधिकारी बिमला बरालका अनुसार, मूल्यांकनमा १०० देखि ३०० शैयासम्मका अस्पताललाई ‘सेकेण्डरी बी लेभल’मा राखेर न्यूनत्तम सेवा मापदण्ड अनुसार व्यवस्थापन, मानव संसाधन, भौतिक पूर्वाधार, औषधि तथा उपकरण, बिरामीको उपचार व्यवस्था, संक्रमण रोकथाम, सरसफाइ, प्राविधिक सेवा, आर्थिक पारदर्शिता र समुदाय सहभागिताको आधारमा मूल्यांकन गरिएको थियो।
बागमती प्रदेशका निर्देशक डा. नरेन्द्रकुमार झाले देशैभरका ‘सेकेण्डरी बी लेभल’को अस्पतालमध्ये भक्तपुर अस्पतालले उत्कृष्ट प्रदर्शन गर्नु सन्तोषजनक भएको बताएका छन्। अस्पतालको नेतृत्व सम्हालिसकेकी प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले भक्तपुर अस्पतालको उदाहरण अन्य अस्पतालले सिक्नुपर्ने बताएकी छन्।
अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले भने, “देशैभरका तीन सय शैयासम्मका अस्पताललाई पछि पार्दै भक्तपुर अस्पतालले निरन्तर सेवा प्रवाहमा अब्बल सावित हुनु सन्तोषजनक छ। यो उपलब्धि अस्पतालका सबै कर्मचारीको सामूहिक प्रयासको प्रतिफल हो।”
भक्तपुर अस्पताल वीर अस्पतालपछि स्थापना भएको देशकै दोस्रो जेठो अस्पताल हो। संघीयता अघि रिफर सेन्टरका रुपमा आलोचित यस अस्पतालले हाल बागमती प्रदेश सरकारको मातहत निरन्तर विकास गर्दै आइरहेको छ। हाल दैनिक औसत १ हजार २०० बिरामीले यहाँ स्वास्थ्य सेवा लिइरहेका छन्। अब अस्पतालले मुटु र न्युरो सम्बन्धी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
