नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो मातहतका विभाग, प्रतिष्ठान तथा अस्पतालहरूलाई उच्च पदस्थ कर्मचारी तथा पदाधिकारीहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
मन्त्रालयको आन्तरिक प्रशासन शाखाले जारी गरेको पत्रअनुसार सम्पत्ति छानबिन आयोगको अनुरोधबमोजिम आर्थिक वर्ष २०६२/०६३ देखि २०८२/०८३ को चैत मसान्तसम्म प्रथम श्रेणी वा सो सरह तथा सोभन्दा माथिका पदमा कार्यरत र कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका कर्मचारीहरूको विवरण संकलन गर्न लागिएको हो।
यसमा हाल बहालमा रहेका तथा अवकाशप्राप्त कर्मचारी दुवै समेटिएका छन्। साथै, आर्थिक वर्ष २०४८ अघि सेवा प्रवेश गरी २०६२/०६३ पछि अवकाश भएका कर्मचारीहरूको विवरण पनि उपलब्ध गराउन भनिएको छ।
पत्रअनुसार सम्बन्धित कर्मचारी तथा पदाधिकारीको नाम, थर, ठेगाना, टेलिफोन नम्बर, मोबाइल नम्बर र इमेल ठेगाना उल्लेख गरी तीन दिनभित्र मन्त्रालयको इमेलमा सफ्टकपी पठाउन अनुरोध गरिएको छ।
मन्त्रालयका अनुसार संकलित विवरण सम्पत्ति छानबिन, अनुसन्धान तथा प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि उपयोग गरिनेछ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
