नेपाल हेल्थ न्युज, हेटौंडा । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले “एक विद्यालय एक नर्स कार्यक्रम” का लागि २४८ जना विद्यालय नर्स करार सेवामा भर्ना गर्न दरखास्त आह्वान गरेको छ ।
निर्देशनालयले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार बागमती प्रदेशका विभिन्न माध्यमिक विद्यालयहरूमा कार्य गर्ने गरी पाँचौं तहका विद्यालय नर्स पदमा आवेदन माग गरेको हो ।
प्रकाशित सूचनाअनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह (पिसिएल नर्सिङ) वा सो सरह उत्तीर्ण गरेका इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन् ।
उम्मेदवार छनोट लिखित परीक्षा र अन्तर्वार्तामार्फत गरिने जनाइएको छ । आवेदन फाराम बागमती प्रदेशअन्तर्गतका जिल्लास्थित जनस्वास्थ्य कार्यालयहरूमा बुझाउनुपर्नेछ ।
दरखास्त दिने अवधि २०८३ जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म कार्यालय समयभित्र तोकिएको छ । स्वास्थ्य निर्देशनालयले विस्तृत जानकारी स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित जनस्वास्थ्य कार्यालयहरूको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ । साथै, एक उम्मेदवारले एक स्थानीय तहमा मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

