नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सङ्गठन तथा व्यवस्थापनको कार्य सम्पन्न भएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सङ्घीय पुलअन्तर्गत नयाँ थप ९७७ दरबन्दी स्वीकृत भएको जानकारी दिनुभयो।
अहिले मन्त्रालयअन्तर्गत ८३१ दरबन्दी रहेका छन् । थप गरिएका नयाँ दरबन्दीसँगै मन्त्रालयमा अब एक हजार ८०८ दरबन्दी कायम गरिएको उहाँले बताउनुभयो ।
उहाँले प्राप्त भएका यी स्वीकृत दरबन्दीमा अब छिट्टै लोकसेवा आयोगबाट चरणबद्ध रुपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो।
सहप्रवक्ता डा. अधिकारीअनुसार थप गरिएका नयाँ दरबन्दीमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको छ। सिएमए, अहेब, अनमीलगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीको हकमा प्रदेश र स्थानीय तहमा निकट भविष्यमै ठूलो सङ्ख्यामा दरबन्दी खुल्ने उहाँको भनाइ छ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
