नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन्। उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार तोकिएको आवेदन अवधिभित्र १० जनाको दरखास्त परेको हो।
आवेदन दिनेमा पूर्व उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेलसहित १० जना वरिष्ठ चिकित्सक तथा प्राध्यापकहरू रहेका छन्।
अन्य आवेदकहरूमा प्रा.डा. गेहनाथ बराल, प्रा.डा. दिनेश कुमार लम्साल, प्रा.डा. दीपेन्द्र श्रेष्ठ, प्रा.डा. देवेन्द्रबहादुर खत्री, सह–प्रा.डा. प्रमोद कुमार यादव, प्रा.डा. सञ्जय कुमार श्रेष्ठ, प्रा.डा. सुरज बज्राचार्य र प्रा.डा. शैलेश प्रधान रहेका छन्।
समितिले उनीहरूलाई कार्ययोजना तथा सोचपत्र प्रस्तुत गर्न र अन्तर्वार्तामा सहभागी हुन समय तालिका सार्वजनिक गरेको छ। समितिले २६ जेठका दिन कार्ययोजनाको प्रस्तुती दिन र २७ जेठका दिन अन्तर्वार्ताका लागि तयार हुन समय तोकेको छ ।
यसअघि आयोगका उपाध्यक्ष रहेका प्रा.डा. अञ्जनी कुमार झा पदमुक्त भएका थिए। गत १९ वैशाखमा जारी अध्यादेशअनुसार १२ चैतअघि नियुक्त भएका पदाधिकारी हटाइएपछि उहाँ पदबाट बाहिरिनु परेको हो।
हालका लागि प्रा.डा. श्रीकृष्ण गिरीलाई प्रधानमन्त्री तथा आयोगका अध्यक्षको निर्णयअनुसार अर्को व्यवस्था नहुँदासम्म उपाध्यक्षको जिम्मेवारी दिइएको छ। गिरीले मंगलबारदेखि कार्यभार सम्हालिसकेका छन्।

टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

