नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी अस्पतालमा उपचार गराउने बिरामीबाट “स्वास्थ्य समता शुल्क” शीर्षकमा ३ प्रतिशत कर उठाउने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उपचारका लागि अस्पताल पुगेका बिरामीमाथि थप कर लगाउनु अन्यायपूर्ण भएको उल्लेख गरेको छ।
यस्तो व्यवस्थाले बिरामी र उनीहरूका परिवारमाथि अतिरिक्त आर्थिक भार पर्ने तथा स्वास्थ्य सेवा थप महँगो बन्ने संघको भनाइ छ।
संघका महासचिव डा. सन्जिब तिवारीद्वारा जारी विज्ञप्तिमा विगतमा संघको पहलमा यस्तै प्रकृतिको कर उठाउने निर्णय फिर्ता गरिएको स्मरण गराउँदै यस वर्ष पुनः सोही व्यवस्था बजेटमा समावेश गरिनु खेदजनक रहेको उल्लेख गरिएको छ।
चिकित्सक संघले उक्त निर्णयका कारण बिरामीहरू थप आर्थिक मारमा पर्ने भएकाले “स्वास्थ्य समता शुल्क” सम्बन्धी व्यवस्था अविलम्ब खारेज गर्न सरकारसँग जोडदार माग गरेको छ।
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

