नेपाल हेल्थ न्युज काठमाडौं । नेपालमा पोषण तथा डाइटेटिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय अभ्याससँग जोड्ने उद्देश्यसहित ‘जिन्सा २०२६’ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
गट हेल्थ, इन्सुलिन रेजिस्टेन्स, प्रिसिजन एन्ड परफर्मेन्स न्यूट्रिसन इन द एरा अफ एआई (जिन्सा) का आधुनिक विषयलाई केन्द्रमा राखेर मे ३० तारेखमा ललितपुरमा भएको यो सम्मेलनलाई नेपालमा न्युट्रेसन प्राक्टिसको नयाँ अध्यायका रूपमा हेरिएको छ ।
योर डायटिसियनको आयोजनामा भएको यस सम्मेलनमा नेपाल, भारत लगायत विभिन्न देशका डायटिसियन एक्सपर्ट, क्लिनिकल न्युट्रेसन प्रोफेस्नल्स तथा न्युट्रेसन एजुकेटरर्सहरूको सहभागिता रहेको थियो। सम्मेलनको साइन्टिफिक सेसनमा भारतकी सिनियर डायटिटिसियन सिल्पी गोयलले इन्सुलिन रेसिस्टेन्स, पिसिओएस, पिसिओडी र सिनियर डायटिसियन डा. सोम्या भारनीले गट हेल्थ, पर्फर्मेन्स न्युट्रेसन इन द इरा अफ एआईबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । साथै योर डायटिसियनका अध्यक्ष डायटिसियन मोदनाथ पौडेलले डाइट इम्प्याक्टस् एण्ड सक्सेस स्टोरिज अफ डायट थेरापी र डायटिसियन आयुस अधिकारीले करेन्ट सिनारियो अफ डायटरी प्राक्टिस इन नेपाल शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभयो । सम्मेलनमा एक्सपर्ट एवं स्टेकहोल्डरसँग प्यानल डिस्कसन पनि भएको थियो ।
नेपालमा पछिल्ला वर्षहरूमा डायविटिज, मोटोपना, फ्याटी लिभर, पिसिओएस तथा उच्चरक्तचाप जस्ता जिवनशैलीजन्य रोगहरु तीव्र रूपमा बढिरहेका छन् ।
स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता रोगको रोकथाम तथा व्यवस्थापनमा आहारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । भविष्यमा व्यक्ति अनुसारको पोषण, खेलकूद पोषण, पाचन स्वास्थ्य (गट हेल्थ) तथा एआईमा आधारित पोषण अभ्यासको माग अझ अझ बढ्दै जाने देखिन्छ । सम्मेलनमार्फत नेपालको पोषण अभ्यासलाई विश्वव्यापी दृष्टिकोणसँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ । सहभागीहरूलाई प्रमापणपत्र तथा प्रोफेस्नल एक्सपोजर समेत प्रदान गरिएको थियो ।
सो अवसरमा पोषण शाखाका प्रमुख लिलाविक्रम थापा, वरिष्ठ डायटिसियन नानीशोभा शाक्य, डा. कल्पना तिवारी, व्यवस्थापन महाशाखाका पूर्व निर्देशक भोगेन्द्र डोटेल, विश्व खाद्य कार्यक्रमका केपी लम्साल, नेपाल हेल्थ न्युजका पुरुषोत्तम घिमिरेलगायतलाई सम्मान गर्नुका साथै सम्मेलनमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
