नेपाल हेल्थ न्युज, भरतपुर । भरतपुरमा आयोजित विशेष समारोहबीच नेपाल मेडिकल एसोसिएसन (एनएमए) को नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ।
अल नेपाल मेडिकल कन्फ्रेन्स (एनेमेकन–२०२६) को दोस्रो दिन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो।
वैशाखमा सम्पन्न निर्वाचनबाट डा. बद्री रिजाल अध्यक्षमा निर्वाचित भएका थिए। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सह–कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल तथा सहसचिवमा डा. हुलास अग्रवाल निर्वाचित भएका थिए। कार्यक्रममा मुख्यमन्त्री बानियाँले जनस्वास्थ्य क्षेत्रमा एनएमएको योगदानको प्रशंसा गर्दै चिकित्सक र बिरामीमैत्री नीतिगत वातावरण आवश्यक रहेको बताउनुभयो।
नवनिर्वाचित अध्यक्ष डा. रिजालले उपचार सेवामा लगाइएको ३ प्रतिशत कर तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै उक्त करले बिरामीमाथि अतिरिक्त आर्थिक भार थप्ने बताउनुभयो। उहाँले चिकित्सकीय पेसालाई विशिष्टीकृत पेसाका रूपमा मान्यता दिन र चिकित्सकको श्रमको उचित मूल्यांकन गर्न सरकारसँग आग्रह गर्नुभयो।
कार्यक्रममा पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीलाई सम्मान गरिएको तथा वरिष्ठ चिकित्सक डा. मदनकुमार पिया र डा. ऋषिकुमार अधिकारीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो।
त्यसैगरी ‘जेएनएमए–खड्गनन्दा मेडिकल रिसर्च अवार्ड’ डा. मेघा कोइरालालाई तथा ‘एनएमए सज्जनश्याम ट्रस्ट अवार्ड’ डा. उमाकान्त तिवारी र डा. प्रणाम जैरूलाई प्रदान गरिएको थियो।
इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लूएचओ
आइतबार, जेठ १७, २०८३
'जिन्सा २०२६' अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
आइतबार, जेठ १७, २०८३
तीन वर्षभित्र ९० प्रतिशत नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने
आइतबार, जेठ १७, २०८३


