नेपाल हेल्थ न्युज, ललितपुर। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था स्थिर रहेको छ। श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि शनिबार बिहान ललितपुरस्थित नेपाल मेडिसिटी हस्पिटलमा भर्ना गरिएका दाहालको उपचार जारी रहेको अस्पतालले जनाएको छ।
दाहालको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखाइरहेको उल्लेख गरेको छ। चिकित्सक टोलीले गरेको विस्तृत परीक्षणका क्रममा उहाँमा निमोनियाको सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार आवश्यक स्वास्थ्य परीक्षणहरू सम्पन्न भइसकेका छन् भने निमोनियाको उपचार प्रक्रिया पनि सुरु गरिएको छ। चिकित्सकहरूले पूर्ण स्वास्थ्य लाभ सुनिश्चित गर्न तथा स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गर्न उहाँलाई अझै दुईदेखि तीन दिन अस्पतालमै राखेर उपचार गर्ने निर्णय गरेका छन्।
श्वासप्रश्वासमा समस्या महसुस भएपछि दाहाललाई शनिबार बिहान अस्पताल लगिएको थियो। प्रारम्भिक परीक्षणपछि चिकित्सकहरूले निमोनियाको सङ्क्रमण देखिएको निष्कर्ष निकालेका थिए। त्यसपछि उहाँलाई अस्पतालमा भर्ना गरी उपचार थालिएको हो।
देशका प्रमुख राजनीतिक नेतामध्ये एक रहेका दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले चासो व्यक्त गरिरहेका छन्। अस्पतालले भने उपचार नियमित रूपमा भइरहेको र स्वास्थ्य अवस्थामा सुधारका संकेत देखिएको जनाएको छ।
चिकित्सकहरूको टोलीले आगामी केही दिन स्वास्थ्य अवस्थाको नजिकबाट निगरानी गर्दै आवश्यक उपचारलाई निरन्तरता दिने जनाएको छ। अस्पतालका अनुसार हालसम्म प्राप्त चिकित्सकीय मूल्याङ्कनका आधारमा दाहालको स्वास्थ्य अवस्था नियन्त्रणमा रहेको र आत्तिनुपर्ने अवस्था नरहेको बताइएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
