नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालका प्रायः सबै भू–भागमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय लहरायुक्त वनस्पति हो । यो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ ।
कुरिलोमा काँडासहितको काण्ड र मसिना झुप्पादार पात हुन्छन् । यसका टुसालाई विशेषगरी तरकारीको रूपमा बढी प्रयोग गरिन्छ । जरालाई भने विभिन्न रोगको अचुक औषधिका रूपमा प्रयोगमा ल्याइन्छ ।
कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइन्छन् । कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ ।
कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले सेवन गरेमा वीर्य बढ्छ । कुरिलोको नियमित सेवन महिलाका लागिसमेत फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ ।
उनीहरूमा यौन दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागिसमेत कुरिलो उपयोगी हुन्छ । ( कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ ।
साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ । कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ । कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ । कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ ।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
