नेपाल हेल्थ न्युज, काठमाडौं । अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को रिक्त एक पदमा बढुवाका लागि बढुवा समितिले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सोमबार बसेको समितिको बैठकले प्राप्त मूल्याङ्कन अंकका आधारमा शीर्ष दुई उम्मेदवारको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ।
डा. देवकोटा हाल डडेल्धुरा अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट हुन् भने डा. शर्मा गण्डकी प्रदेशस्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशक हुन्।
लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ भने झिनो अंक अन्तरले सिफारिस सूचीमा पर्न नसकेको बताइएको छ।
गत भदौमा टंक बाराकोटीले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा १३ जनाले आवेदन दिएका थिए। सिफारिस भएका दुईमध्ये एक जनालाई मन्त्रिपरिषद्ले अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्नेछ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
