नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आकस्मिक प्रकृतिका बिरामीलाई मात्र उपचार सेवा प्रदान गर्न निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको छ।
वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवन कुमार साहद्वारा जारी सूचनामा निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पठाइएको पत्रको कार्यान्वयनबारे थप स्पष्टता दिइएको हो।
सूचनाअनुसार कुनै बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक देखिएमा मात्र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेछ। त्यस्ता बिरामीलाई उपचारका क्रममा भर्ना (आईपीडी) वा शल्यक्रिया (ओटी) आवश्यक परेमा उपचार पद्धति अनुसार उपचार गरी डिस्चार्ज गर्न सकिने व्यवस्था गरिएको छ।
तर सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार प्रदान गरी स्वास्थ्य बीमा बोर्डमा दाबी पेश गरिएमा त्यस्ता दाबीहरूको भुक्तानी नगरिने चेतावनी दिइएको छ। साथै त्यस्तो कार्य प्रचलित कानुनअनुसार कारबाहीको विषय बन्न सक्ने जनाइएको छ।
स्वास्थ्य बीमा बोर्डको दाबी व्यवस्थापन शाखालाई समेत सोही बमोजिम दाबी समीक्षा तथा मूल्यांकन गर्न निर्देशन दिइएको छ।सूचनामार्फत आम सेवाग्राहीलाई पनि तोकिएको व्यवस्थाको पालना गर्न आग्रह गरिएको छ। सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सिर्जना नगर्न र तोकिएबमोजिम आवश्यक उपचार सेवा प्राप्त गरी सहयोग गर्न अनुरोध गरिएको छ।
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
