नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न परिषद्, अस्पताल तथा बोर्डमा रिक्त रहेका पदाधिकारीहरूको नियुक्तिका लागि आवेदन माग गरेको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित कानुनले तोकेको योग्यता पुगेका इच्छुक व्यक्तिलाई निर्धारित समयभित्र आवेदन पेश गर्न अनुरोध गरेको हो। सूचना अनुसार आवेदन दिन इच्छुक उम्मेदवारले प्रकाशन भएको मितिले १० दिनभित्र मन्त्रालयमा आवश्यक कागजातसहित निवेदन दर्ता गराउनुपर्नेछ।
आवेदन आह्वान गरिएका संस्थाहरूमा नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिल रहेका छन्।
यी निकायका अध्यक्ष, उपाध्यक्ष, सदस्य, रजिस्ट्रार तथा सदस्य सचिवलगायतका विभिन्न पदमा नियुक्ति प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
यस्तै, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डका केही महत्वपूर्ण पदहरू पनि रिक्त रहेकाले ती पदपूर्तिका लागि समेत आवेदन माग गरिएको छ। स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक तथा गंगालाल केन्द्रमा कार्यकारी निर्देशक र सदस्य पदका लागि दरखास्त आह्वान गरिएको छ।
मन्त्रालयका अनुसार आवश्यक योग्यता, अनुभव र अन्य कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो कार्यदिवससम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
स्वास्थ्य क्षेत्रका नियामक तथा सेवा प्रदायक संस्थाहरूमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएसँगै योग्य र अनुभवी व्यक्तिहरूको सहभागिताप्रति सरोकारवालाको ध्यान केन्द्रित भएको छ।

विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदबाट साइमाले दिइन् राजीनामा
बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै
बिहीबार, भदौ २५, २०८३
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३
