नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पतालहरूमा बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरणहरूको मर्मत सम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने तयारी गरेको छ।
यस विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा सांसद महावीर पुन बीच बुधबार छलफल भएको हो।
मन्त्री मेहताको सचिवालयका अनुसार सरकारी अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याउने विषयमा समन्वय र सहकार्यका सम्भावनाबारे छलफल भएको छ।
छलफलमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न प्रयोगविहीन उपकरणलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक कार्ययोजना तयार गर्ने विषयमा समेत कुराकानी भएको सचिवालयले जनाएको छ।
यसअघि अघिल्लो सरकारका पालामा तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेल ले सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मेवारी दिने पहल गरेका थिए। मन्त्रालयले उक्त प्रयासलाई निरन्तरता दिँदै सहकार्यलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
