नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पतालहरूमा बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरणहरूको मर्मत सम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने तयारी गरेको छ।
यस विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा सांसद महावीर पुन बीच बुधबार छलफल भएको हो।
मन्त्री मेहताको सचिवालयका अनुसार सरकारी अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याउने विषयमा समन्वय र सहकार्यका सम्भावनाबारे छलफल भएको छ।
छलफलमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न प्रयोगविहीन उपकरणलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक कार्ययोजना तयार गर्ने विषयमा समेत कुराकानी भएको सचिवालयले जनाएको छ।
यसअघि अघिल्लो सरकारका पालामा तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेल ले सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मेवारी दिने पहल गरेका थिए। मन्त्रालयले उक्त प्रयासलाई निरन्तरता दिँदै सहकार्यलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
