नेपाल हेल्थ न्युज, पोखरा । सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको भन्दै पोखरास्थित गण्डकी मेडिकल कलेजका १०१ जना कर्मचारी आन्दोलनमा उत्रिएका छन्।
कर्मचारीहरूले आफूहरूसँग भएको सहमति अनुसारको सेवा–सुविधा हालसम्म लागू नगरिएको आरोप लगाउँदै शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन्। उनीहरूले बिरामी सेवामा न्यूनतम असर पर्ने गरी आन्दोलन अघि बढाइएको बताएका छन्।
आन्दोलनमा सहभागी कर्मचारीका अनुसार हाल आकस्मिक कक्ष (इमर्जेन्सी) र सघन उपचार कक्ष (आइसियु) का सेवा नियमित सञ्चालनमा रहेका छन् भने बाह्य रोगी सेवा (ओपिडी) प्रभावित भएको छ।
रेडियोलोजी, प्रयोगशाला, दन्त, फार्मेसी, सिएमए तथा फिजियोथेरापी लगायत विभिन्न विभागमा कार्यरत कर्मचारीहरू आन्दोलनमा सहभागी छन्।
उनीहरूको माग अनुसार गत वर्ष सरकारसँग भएको सहमतिअनुसार पाँचौँ तहसरहको न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराइनुपर्ने हो। हालसम्म उक्त व्यवस्था कार्यान्वयन नभएको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाएका छन्।
कर्मचारीहरूले यस विषयमा पटक–पटक कलेज प्रशासनको ध्यानाकर्षण गराए पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नभएको बताएका छन्। माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने उनीहरूको चेतावनी छ।
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

