नेपाल हेल्थ न्युज, काठमाडौं । प्राकृतिक चिकित्सा विषयमा अध्ययन तथा इन्टर्नसिप पूरा गरेका चिकित्सकहरूलाई आयुर्वेदिक चिकित्सा परिषद्मा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको छ। सम्बन्धित प्रक्रिया पूरा भई कार्यान्वयनमा आएपछि प्राकृतिक चिकित्सा विधाका चिकित्सकहरूले औपचारिक मान्यता प्राप्त गर्ने तथा स्वास्थ्य सेवाको मूलधारमा समावेश भएर सहज रूपमा सेवा प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य क्षेत्रको नियमन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्वास्थ्यसँग सम्बन्धित विभिन्न परिषदहरूको सुधारका लागि पनि पहल थालिएको छ।
यस अन्तर्गत स्वास्थ्यसम्बन्धी ६ वटा परिषद, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा प्राकृतिक चिकित्सकहरूको प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने तयारी गरिएको बताइएको छ।
कार्यदलले परिषदहरूको प्रभावकारिता, समन्वय तथा समग्र संरचनागत सुधारका विषयमा अध्ययन गरी आवश्यक सुझाव प्रस्तुत गर्नेछ। यसबाट स्वास्थ्य क्षेत्रको सेवा प्रवाह र नियामक निकायहरूको कार्यसम्पादनमा सुधार आउने अपेक्षा गरिएको छ।
प्राकृतिक चिकित्सा क्षेत्रसँग आबद्ध चिकित्सकहरूले लामो समयदेखि आफ्नो पेशागत मान्यता, दर्ता तथा समान अवसरको माग गर्दै आएका थिए। अहिले सुरु गरिएको पहलले करिब तीन दशकदेखि जारी रहेको उनीहरूको संघर्षलाई सार्थकता दिने विश्वास गरिएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
