नेपाल हेल्थ न्युज, काठमाडौं । क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधि तथा सलाइन औषधिहरू सम्बन्धी आवश्यक विवरण तत्काल पेश गर्न सम्बन्धित पैठारीकर्तालाई औषधि व्यवस्था विभागले पुनः आग्रह गरेको छ।
विभागका अनुसार नेपालमा पैठारी हुँदै आएका, २०७२ साउन १८ गते राजपत्रमा प्रकाशित भएका क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधिहरू तथा नेपाल सरकार (मन्त्रीस्तर) को सूचनामा उल्लेख भएका सलाइन औषधिहरूका सम्बन्धमा देशको उद्गम मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत विवरण तथा आगामी आर्थिक वर्षको प्रक्षेपण योजना तीन दिनभित्र पेश गर्न यसअघि नै सम्बन्धित पैठारीकर्तालाई पत्राचार गरिएको थियो।
तर हालसम्म केही पैठारीकर्ताले आवश्यक विवरण पेश नगरेको भन्दै विभागले पुनः तत्काल विवरण उपलब्ध गराउन आग्रह गरेको छ। त्यसैगरी, दर्ता भएका तर हालसम्म आयात नभएका औषधिहरू भए सोको कारणसहितको विवरण दुई दिनभित्र पेश गर्न पनि सम्बन्धित पैठारीकर्तालाई निर्देशन दिइएको विभागले जनाएको छ। विभागले औषधि आपूर्ति व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन उक्त विवरण आवश्यक रहेको स्पष्ट पारेको छ।

टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

