नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोगहरू अहिले पनि प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक भएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार गम्भीर रूपमा काम गरिरहेको बताउनुभएको छ ।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री मेहताले सुरक्षित र स्वस्थ खानपान सुनिश्चित गर्न सरकार निरन्तर प्रतिबद्ध रहेको स्पष्ट पार्नुुभएको छ। उहाँले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो।
उहाँका अनुसार खाद्य परीक्षण प्रयोगशालाको क्षमता विस्तार, जोखिममा आधारित बजार अनुगमन तथा आवश्यक नीतिगत सुधारलाई पनि तीव्रता दिइनेछ।
खाद्य उत्पादनदेखि उपभोगसम्मका सबै चरणमा स्वच्छता कायम गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उहाँले असल कृषि अभ्यास, असल उत्पादन प्रक्रिया र सुरक्षित भण्डारण प्रणाली अपनाउनुपर्नेमा जोड दिनुभयो।
मन्त्री मेहताले यस्ता अभ्यासले बजारमा गुणस्तरीय खाद्य वस्तुको उपलब्धता सुनिश्चित गर्ने मात्र नभई अस्वस्थ खानपानका कारण हुने स्वास्थ्य समस्या र आर्थिक बोझ पनि घटाउने बताउनुभयो।
त्यसैगरी, उहाँले दिवसले खाद्य श्रृंखलामा संलग्न सबै उत्पादक, व्यवसायी र उपभोक्ता लाई स्वच्छ खानपानप्रति थप सचेत र जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
आज नेपालसहित विश्वभर ‘सबैका लागि सुरक्षित खाना, राम्रो स्वास्थ्य’ भन्ने नारासहित विश्व खाद्य स्वच्छता दिवस मनाइँदैछ। विश्व स्वास्थ्य संगठनका अनुसार दूषित खानाका कारण प्रत्येक वर्ष करोडौं मानिस बिरामी पर्ने र लाखौंको ज्यान जाने गरेको तथ्यसमेत स्मरण गरिएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
